काठमाण्डाैंः म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ । सिटीलाई २-० गोलअन्तरले पराजित गर्दै आर्सनल कीर्तिमानी २१ पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्सनलले हालसम्म यो प्रतियोगिता सर्वाधिक १३ पटक जितेको छ ।
खेलमा पिएरे एमरिक आउबामियाङ नायक बने । आर्सनलका लागि दुवै गोल उनले गरे । खेलको १९ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका आउबामियाङले ७१ औँ मिनेटमा अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे ।
खेलको दोस्रो हाफमा सिटीले खेलमा नियन्त्रण बनाए पनि गोलका लागि थुपै अवसरहरु गुमाउन पुगेको थियो । सिटी घरेलु कप प्रतियोगिताबाट बाहिरिएको सन् २०१८ पछि पहिलो पटक हो ।
यता, आर्सनलले पछिल्ला ६ पटक साबिक विजेता टोलीलाई प्रतियोगितामा हराउँदै आइरहेको छ । अब आर्सनलले फाइनलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग अगस्त १ मा हुने फाइनलमा भिड्नेछ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया