काठमाण्डाैंः नेपाली काँग्रेसले पार्टीको भगिनि संगठन केन्द्रीय महिला विभागमा एक सचिवसहित ३८ सदस्य मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले सोमबार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय महिला विभागमा लक्ष्मी खतिवडालाई सचिव र अन्यलाई सदस्यमा मनोनयन गरेका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागको प्रमुखमा यसअघि गत फागुन १९ गते नै पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई मनोनयन गरिसकेका छन् ।
मनोनित सदस्यको नामावलीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया