श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जाजरकोट कुशे ७ को वडाध्यक्षमा काँग्रेसका सिंह विजयी

प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखवहादुर नेपालीले ३ सय ३२ मत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाजरकोट, मङ्सिर १६ गते । जाजरकोट कुशे गाउँपालिका –७ को वडाअध्यक्षको लागि आज भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खम्ववहादुर सिंह विजयी हुनु भएको छ ।

निर्वाचन कार्यालयका अनुसार सिंहले ३ सय ४७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखवहादुर नेपालीले ३ सय ३२ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, नेकपा (एमाले) का डम्वरवहादुर घर्तिले  २ सय ५२ मत प्राप्त गर्नुभएको छ । माओबादी केन्द्रका उम्मेदवार नेपाली हालै प्राथमिक तहको स्थानीय शिक्षकवाट राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवार वन्नु भएको थियो ।

यस वडामा २०७४ मा नेपाली काँग्रेसले जियी हाँसील गरेको थियो । २०७९ मा नेकपा माओबादी केन्द्रले विजयी हाँसील गरेको थियो । कुल ९ सय ४८ मत खसेको निर्वाचन कार्यालयले जानकारी गराएको छ । यस वडामा ७ मा जम्मा १ हजार ३०२ मतदाता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार