काठमाडौंः काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।
रास्वपाकी श्रेष्ठले २ हजार ९ सय ०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत तथा नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादी (एस) का मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ मत पाउँदा अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत ल्याएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया