श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाल वायु सेवा निगमका १४५ करार कर्मचारीको जागिर चट्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी क्षेत्रले संकटका बेला कर्मचारी निष्कासन गरेको समाचार सुनिराखिएकै हो । अरूमाथि भएको अन्यायबारे कलम चलाउने पत्रकार स्वयं आफैं सडकमा पुगेका छन् । थाहा छैन, यस्ता सिलसिला कहिलेसम्म चलिरहन्छन् ।

यही क्रममा सरकारी स्वामित्वका निकायले पनि धमाधम कर्मचारी निष्कासन गर्न थालेका छन् । यसको अग्रपंक्तिमा सरकारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम देखिएको छ ।  कोभिड-१९ का कारण असाधारण परिस्थिति उत्पन्न भएको भन्दै उसले करार सेवाका १ सय ४५ कर्मचारी निष्कासन गरेको  छ । साउनदेखि लागू हुनेगरी एनएसीले यस्तो निर्णय गरेको हो । निष्कासनमा पर्नेहरूमा वर्षौंदेखि कार्यरतसमेत छन् ।

निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को  प्रभावले निगमको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा प्रत्यस असर परी आर्थिक दायित्व बढेको तथा ऋण सहायताबाट खरिद गरेका जहाजको साँवा तथा ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था आएकाले तत्कालीन करारमा कार्यरत जनशक्तिलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारेको छ ।

करार सेवाका कर्मचारीको सम्झौता नवीकरण नभएपछि उनीहरू आन्दोलित बनेका छन् । संकटका बेला करार नवीकरण नगर्ने निर्णय न्यायसंगत नभएकाले करेक्सन गर्नुपर्ने उनीहरूको भनाइ छ ।साँघुबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार