असार २०, २०८२ शुक्रबार July 4, 2025

हेलिकोप्टर किन्ने गृहको प्रस्तावमा अर्थ तगारो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गृह मन्त्रालयले विभिन्न खालका विपद् व्यवस्थापन र उद्धारका लागि आफ्नै मातहत रहनेगरी हेलिकोप्टर किन्न प्रस्ताव गर्दा अर्थ मन्त्रालय बाधक बनेको छ। गृहलाई हेलिकोप्टर किन्न बजेट नदिएर अर्थ मन्त्रालय बाधक बनेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बिहीबार गृहमा बसेको बैठकमा मन्त्री रामबहादुर थापाले मन्त्रालयले विपद् व्यवस्थापन र पीडितको उद्धारमा प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न खोज्दा बजेट नदिएर अर्थ मन्त्रालय बाधक बनेको गुनासो गरेका हुन्।

गृहले बाढीपहिरो, डुबान, आगलागी, भूकम्प, महामारी, चट्याङ, आँधीबेहरीलगायत विपद् व्यवस्थापनका लागि आफ्नै मातहत रहनेगरी हेलिकोप्टर किन्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट व्यवस्था गरिदिन प्रस्ताव गरेको थियो। बैठकमा गृहमन्त्री थापाले हेलिकोप्टर किन्न अर्थ मन्त्रालयले बजेट नदिँदा प्रक्रिया अघि बढ्न नसकेको दुखेसो गरेका थिए।

‘अहिले यत्रो विपद्को बेला छ। यो समस्या एक वर्षमात्रै होइन, बर्सेनि झेल्नुपर्छ, गृह मन्त्रालयसँग उद्धारमा प्रयोग गर्ने एउटा हेलिकोप्टर पनि छैन। यसका लागि अन्य निकायसँग समन्वय गर्नुपरेको अवस्था छ। त्यसो गर्दा उद्धारमा केही ढिलाइ हुने गरेको महसुस हामीले गरेका छौं’, गृहमन्त्री थापाले बैठकमा भने, ‘त्यस कारण अर्थ मन्त्रालयसँग हेलिकोप्टर किन्न बजेट मागेका हौं  तर छैन भनेर दिएन। विपद् व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार जुटाउने हो।’

हरेक वर्ष बर्खा लागेपछि बाढीपहिरो, डुबानजस्ता विपद्को सामना गर्नुपरिरहेको सन्दर्भमा गृहमातहत उद्धारका लागि एउटा हेलिकोप्टर आवश्यक रहेको उनको धारणा थियो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मामिलामन्त्री हृदयेश त्रिपाठी, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायहरूका प्रमुखलगायत  उपस्थित बैठकमै मन्त्री थापाले अर्थले बजेट नदिँदा हेलिकोप्टर खरिद प्रक्रिया अघि नबढेको बताएका हुन्।

गृह मन्त्रालयले विपद् व्यवस्थापन र पीडितको उद्धारमा प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न खोज्दा बजेट नदिएर अर्थ मन्त्रालय बाधक बनेको छ।

‘बजेट बनाउनुअघि नै हामीले विपद् व्यवस्थापनमा गृहमातहत कम्तीमा तीनवटा हेलिकोप्टर आवश्यक रहेको प्रस्ताव गरेका थियौं। यस्तो प्रस्ताव धेरैपटक भएको छ। २०७२ सालको भूकम्पपछि लगातार प्रस्ताव गर्दा पनि अर्थ मन्त्रालय सकारात्मक बनेन। यसपटक मन्त्रीज्यू आफैंले पनि प्रस्ताव गर्नुभएको थियो’, मन्त्रालय स्रोतले भन्यो।

बैठकमा मन्त्री थापाले बर्सेनि हेलिकोप्टरको भाडामात्रै करोडांै रुपैयाँ तिर्नुपरेको, भाडाबापत तिर्ने पैसाले हेलिकोप्टर किन्न र सञ्चालन गर्नसमेत पुग्ने भएकाले किन्न प्रस्ताव गरिएको बताएका थिए। ‘प्रमुख जिल्ला अधिकारीहरुले विपद्का बेला उद्धारका लागि हेलिकोप्टर माग्नुहुन्छ तर दिने निकायले ढिला गरेपछि उद्धार कार्य प्रभावकारी हुन सकेको छैन’, मन्त्री थापालाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो, ‘हरेक वर्ष हेलिकोप्टर किन्न बजेट माग्यो तर अर्थले दिँदैन। अनि गृहले राम्रो काम गरेन भनेर दोष लगाउने गरिन्छ।’

गृहले कम्तीमा एमआई १७ हेलिकोप्टर किन्न आवश्यक बजेट व्यवस्था गरिदिन अर्थसँग प्रस्ताव गरेको थियो। गृहले विपद्का बेला प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न २०७२ सालदेखि अर्थसँग बजेट माग्दै आएको छ। ‘यो विषय वर्षायाममा मात्रै नउठोस्। जब अप्ठेरो पर्छ तब तातिन्छ, आवश्यकता बोध हुन्छ भन्ने नठानियोस् भनेर नै मन्त्रालयले हेलिकोप्टर किन्न बजेट माग गरेको थियो। अहिले कोरोनाको प्रभाव देखाएर रोकिएको छ। यसअघि भूकम्पको अवस्था देखाएर रोकियो। यस्तै भइरहेको छ’, मन्त्री थापाको गुनासो उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकारीले भनेको खबर नागरिक दैनिकले प्रकाशित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार