भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ ।

सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको सो क्रममा दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरी प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पुर्याइ दिन्छुु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर एसिड प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरको देखिएको छ । गए राती घटना भए लगतै प्रहरीका विभिन्न तहबाट दुईसय जना जति प्रहरी परिचालन भएको र सीसी क्यामेरामा कैद भएको दृष्यहरुका आधारमा पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार