श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जनप्रतिनिधिले निःस्वार्थ रूपमा गरेको कामबाट मात्रै जनताको हित हुन्छ : अध्यक्ष बिजुक्छेँ

अरूको भरमा देश विकास गर्ने सोचले कहिल्यै देशलाई आत्मनिर्भर बनाउन नसक्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले निःस्वार्थ रूपबाट गरेको कामबाट सबै वर्गका जनताको हित हुने बताएका छन्।

भक्तपुर नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ मङ्सिर २८ गतेदेखि आयोजना गरेको पाँचदिने भक्तपुर महोत्सवको अवशरमा आयोजित समापन कार्यक्रममा उनले अरूको भरमा देश विकास गर्ने सोचले कहिल्यै देशलाई आत्मनिर्भर बनाउन नसक्ने बताए।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदा र जीवनशैलीको अवलोकन गर्न बर्सेनि लाखौँ विदेशी पर्यटकले भक्तपुरको भ्रमण गर्ने गरेको बताउँदै पाँचदिने महोत्सवमा करिब आठ लाख अवलोकनकर्ताले महोत्सव अवलोकन गरेको बताए।

उनले महोत्सवकै क्रममा दैनिक करोडौँ रूपैयाँ बराबरको आर्थिक कारोबार भएको बताउँदै भक्तपुर अवलोकन गर्नेको लागि नयाँनयाँ दृश्य, स्वाद र ज्ञान एकसाथ देखाउने अवसर भक्तपुर महोत्सवले प्रदान गरेको बताए।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले महोत्सवले भक्तपुरको पहिचान अझै बढाएको बताए। उनले नेपाल भ्रमण वर्ष २०२५ मा भक्तपुरमा सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरे। उनले त्यसबेला चीनबाट उत्कृष्ट सांस्कृतिक टोली भक्तपुर आउने, चिनियाँ संस्कृति र नेपाली संस्कृतिबीच सांस्कृतिक आदानप्रदान गर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार