श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रवि लामिछानेप्रति राज्यले पक्षपात गर्‍यो : कमल थापा

पक्षपात ढंगबाट व्यक्तिविशेषमा केन्द्रित भएर अनुसन्धान लम्ब्याउँदै लैजानु र मानसिक तनाव दिने काम गर्नु उपयुक्त नरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका छन् । रविलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा भेटेपछि थापाले पक्षपात ढंगबाट व्यक्तिविशेषमा केन्द्रित भएर अनुसन्धान लम्ब्याउँदै लैजानु र मानसिक तनाव दिने काम गर्नु उपयुक्त नरहेको बताए ।

‘जो व्यक्ति भए पनि अनुसन्धानको दायरामा आउँछ र त्यसको छिनोफानो हुन्छ भन्ने लागेको थियो । तर, हाल जुन प्रकारले अलि प्रक्षपात ढंगबाट व्यक्तिविशेषमा केन्द्रित भएर अनुसन्धान लम्ब्याउँदै लैजानु, मानसिक तनाव दिने काम गर्नु उपयुक्त भएन,’ थापाले भने, ‘अरू पनि विभिन्न मुद्दाका आरोपित छन्, सत्तारूढ दलका केही नेतालाई उन्मुक्ति दिएको भन्ने आशंका आइहरेका छन्, त्यसले सरकारप्रति मात्र होइन न्याय प्रणालीमाथि नै जनताको विश्वास घट्ने काम हुन्छ र भइरहेको छ । सबैलाई समान ढंगबाट छानबिन हुनुपर्छ र कानुनबमोजिम कारबाही हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

थापाले अब रास्वपा सभापति लामिछानेले न्यायिक प्रक्रियामा सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानको नाममा रातारात लैजाने–ल्याउने, एक जिल्लापछि अर्को जिल्ला लगियो, यसले गर्दा आशंका गर्ने ठाउँ छ । लामिछानेजीप्रति पार्टीको सद्भाव छ,’ उनले भने, ‘निर्दाेष हुनुहुन्छ भने सफाइ पाउनुपर्छ, अदालतले उहाँमाथि न्याय गर्छ भन्ने लाग्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार