असार २२, २०८२ आइतबार July 6, 2025

१४औं महाधिवेशनमा सिटौलाजी सभापति लड्नुहुन्छ, तयारी भैरहेको छ : भिमसेनदास प्रधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसको कुरा गर्दाखेरि तपाई कुन गुटमा हुनुहुन्छ ?

गुट भन्ने कुरा हुँदैन । अहिलेसम्म आइपुग्दा कांग्रेस पार्टीको यो १४औं अधिवेशन हो । आन्तरिक लोकतन्त्रको यो अधिवेशन राम्रो पक्ष हो । यसले नेतृत्व कायम गर्छ । पार्टीका विभिन्न तहका साथीहरू अधिवेशनबाट चुनावमार्फत नेतृत्वमा पुग्छन् । गएको चुनावमा ३ वटा समूह लडेको छ । त्यो बेलामा हामी वैचारिक समूह भनेर सिटौला समूहमा हामी आबद्ध थियौँ । दोस्रो राउण्डमा हामी अहिलेका पार्टी सभापति शेरबहादुर देउवा समूहलाई हामीले भोट खसालेर उहाँलाई जिताएको प्रसंग छ । यसपालि पनि ३ ओटै समूह उठ्ने प्रबल सम्भावना देखिन्छ । म त्यही बेलामा सिटौला समूहबाट मन्त्री पनि भएँ । हिजो नै उहाँले सबै साथीभाइ भेटघाट गन एउटा सम्पर्क कार्यालय खोल्नुभएको छ । यो त आन्तरिक चुनाव हो ।

सम्पर्क कार्यालयमा आजबाट त्यहाँ गतिविधि र बैठक हुँदैछ ?

कोरोना भाइरसले गर्दा घरमा पनि समस्या हुने भयो । त्यसैले बाहिर अफिस लिएर बस्ने हिसाबले, साथीभाइ बाहिर नै भेट्ने हिसाबले घरनजिकै एउटा कार्यालय खोल्नुभएको छ ।

सम्पर्क कार्यालय कृष्णप्रसाद सिटौलाजीले खोल्नुभएको छ । आज तपाईहरूको बैठक हुँदैछ ?

आज साथीभाइसँग भेटघाटमात्र हो । बैठक त रेगुलर जस्तै हुन्छ नि हाम्रो त । विभिन्न इस्युमा कसरी जाने ? क्रियाशील विषयमा यी सबै कुरामा छलफल हुन्छ । अभियानमा लाग्ने, अब चुनाव जित्न त देश दौडाहा पनि गर्नुप¥यो, त्यसले कार्यतालिकाहरू निश्चित् हुन्छ । त्यसपछि कार्यक्रमको हिसाबमा उहाँ जानुहुन्छ ।

त्यसो भए आजबाट तपाईंहरुले गतिविधि सञ्चालन गर्दै हुनुहुन्छ ? कृष्णप्रसाद सिटौलाले किन शेरबहादुर देउवाको क्याम्प जानको लागि तयार गर्नुभयो त ?

क्याम्पतिर जाने भन्ने कुरा होइन ।

फेरि पनि तपाईहरूको कुरा शेरबहादुर देउवासँग भईरहेको छ अरे ?

कुरा त सबैसँग भईरहको छ । उहाँसँग भएको कार्यक्षमता, भिजन, कार्यशैलीले वैचारिक समूहको तेस्रो पोलको रूपमा उठ्नुभयो । फागुन ७, ८, ९, १० मा अधिवेशन हुँदा झन्डै ८-९ महिनाको समय छ । त्यसबीचमा उहाँ अभियानमा देशव्यापी रूपमा दौडाहा गरेर आफ्नो शक्ति सञ्चित गर्नुहुन्छ । पहिलेको भन्दा यसपालि उहाँको पोजिसन राम्रो छ ।

कस-कसले साथ दिएको छ, कृष्णप्रसाद सिटौलालाई पार्टीभित्र ?

पहिलो राउण्डमै ५१ प्रतिशत कसैले ल्यायो भने त्यो सकियो, जसले ल्यायो ऊ सभापति भयो । जसले ल्याएन दोस्रो राउण्डमा चुनावबाट निर्धारण हुन्छ । उहाँ त अहिले मै जित्छु भनेर लागिरहनु भएको छ ।

कृष्णप्रसाद सिटौला फेरि पनि पार्टी सभापति बन्नुहुन्छ, १४औं  महाधिवेशनमा ?
उहाँले घोषणा गर्नुभएको छैन । केही दिनपछि घोषणा होला । मंसिरसम्मको समय छ । छानविन समितिले केन्द्रिय कार्यसमिति बोलाएर निर्वाचन आयोगमार्फत आएपछि पौष ६ देखि माघ ६ सम्म गाउँ तहदेखि लिएर प्रदेश तहसम्म अधिवेशन सकिएपछि केन्द्रको अधिवेशन ७, ८, ९ मा हुन्छ । उहाँ त अहिले अभियानमा हिँड्नुभएकै छैन नि ।

सम्भावना के छ ?

हामीसँग आन्तरिक छलफल हुँदाखेरि उहाँ एउटा समूहको सशक्त नेता पनि हो । त्यसकारणले उहाँ उठ्नुहुन्छ ।

रामचन्द्र पौडेलको समूहमा उहाँ मिसिने कुरा थियो । किन कुरा मिलेन ?

एजेण्डा उहाँसँग मिल्ने हो । विधानमा उहाँले उठाएको कुरालाई साथ दिनुभएको हो । तर, रामचन्द्र पौडेलसँग मिसिनु भएको छैन । उहाँ शेरबहादुर देउवासँग पनि मिसिनु भएको छैन । यही अधिवेशनमा उहाँले नै निर्णय गर्ने हो, कसरी जाने भनेर । नत्र त यो अधिवेशन पनि सर्नसक्ने पक्षमा थियो ।

रामचन्द्र पौडेलकै गठबन्धनमा रहने भनेर उहाँले भन्नुभएको थियो ?

होइन, त्यस्तो भन्नुभएको छैन, उहाँले । बैठक व्यापकता पहिले नै केही मतान्तर भईसकेपछि त्यो एजेण्डवाइज पौडेलजीसँग उहाँको सानिध्यता देखिएको हो । तर उहाँको जुन वैचारिक दृढता छ, उहाँ त्यसैमा अडिरहनु हुन्छ । उहाँ कतै मिसिनुभएको छैन र मिसिनेवालामा हुनुहुन्न । मैले उहाँसँग कुरा गर्दाखेरि उहाँ आफ्नै स्ट्याण्डमा हुनुहुन्छ ।

कृष्णप्रसाद सिटौलाले नयाँ क्याम्प गठन गरेर जाने र आउने अधिवेशनमा उम्मेदवारी दिने सभापतिमा, विजय हुने रणनीति बनाउनुभयो ?

उहाँको क्याम्पमा गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाँई, विभिन्न जिल्लाका सभापति, तारामान गुरुङ्गदेखि लिएर धेरै साथीहरू जोडिएका छन् । अहिले उहाँसँग धेरै समय छ, अधिवेशनको तयारीका लागि । अब उहाँ हिँड्नुहुन्छ, विभिन्न साथीभाइहरू सल्लाह गरेर उहाँले एउटा निर्णय लिनुहुन्छ । अस्ति पनि होटल येल्लोमा केही पत्रकारको बीचमा कार्यक्रम गर्नुभयो । पार्टीलाई एउटा भिजनरी नेतृत्व चाहिन्छ । पार्टीलाई अहिलेको अवस्थामा वामपन्थीसँग भिड्नसक्ने नेतृत्व चाहिन्छ भनेर उहाँले साथीभाइको बीचमा कुरा राख्नुभएको छ । घोषणा त पछि गर्नुहुन्छ । उहाँले अब तयारी गरेकोजस्तो अनुभूति मलाई पनि भइरहेको छ । घोषणा केही समयपछि होला । विस्तारै रूपरेखा तयार हुन्छ ।

रामचन्द्र पौडेल र शेरबहादुर देउवा पनि उम्मेदवारी दिएर मैदानमा आउने कुरा भएको छ । यो अवस्थामा प्रतिस्पर्धा सिटौलाको कोसँग होला ?

३ जनासँगै हुन्छ । प्रतिस्पर्धामा को पहिला, दोस्रो हुन्छ भन्ने कुरा पार्टीको आन्तरिक विधानका साथ लड्ने हो । जोपनि लड्न पाउँछ । महासमितिको सदस्य भइसकेको मान्छे पार्टी सभापतिदेखि सबै पदमा लड्न पाउँछ । आफ्नै पार्टीको आन्तरिक विधानलाई सुदृढीकरण गर्नका लागि चुनाव हुने हो । त्यो लड्ने त स्वचालित रूपमा बन्छ । जसको विचार राम्रो छ, उसको पछाडि कार्यकर्ता जोडिदै जान्छन् । उहाँले भिजनसहितको घोषणापत्र ल्याउनुहुन्छ होला । कार्यकर्ताको बीचमा आफ्नो एजेण्डाहरू प्रस्तुत गर्ने, चुनावबाट सभापति जित्ने हो ।

उसो भए फागुनमै अधिवेशन हुन्छ भन्नेमा तपाईलाई विश्वास छ ?

अधिवेशन केन्द्रिय कार्यालयबाट सर्वसम्मत ढंगले निर्णय गरेको हो । केन्द्रिय कार्यसमितिबाट सहमति भएन भने अलि पर सार्ने नभए त्यसलाई नै अनुमोदन गर्ने भन्ने हिसाबमा कार्यतालिका निस्किसकेको छ । श्रावण मसान्तसम्म जिल्ला हूँदै केन्द्र तहसम्म पुग्ने र फागुनको अन्तिमसम्म सबै सक्नेगरी पुस ६ देखि माघको ६ सम्म हुन्छ ।

६ महिना पर पनि सर्न सक्छ ? सम्भावना के छ ?

विषम परिस्थिति भयो भने निर्वाचन आयोगमा निवेदन दिएर ६ महिना सार्न सकिन्छ । यो संविधानसम्मत कुरा हो । पार्टीलाई त्यो अधिकार दिइएको छ ।

अहिले विभागहरू गठनमा तपाई कता हुनुहुन्छ, शेरबहादुर देउवातिर कि रामचन्द्र पौडेलतिर ?

विभागमा भागबण्डा नै भएको छ । एउटा पक्षले स्वीकारेको छैन । एउटा पक्षले अहिले अधिवेशन आइसक्यो, विभाग किन चाहियो ? भन्ने कुरा गरेका छन् । पार्टीमा एउटा विभाग पनि गठन गर्न नसक्ने भन्ने विवाद आउन सक्छ भनेर उहाँले विभाग गठन गर्दै हुनुहुन्छ । विभागहरू गठन हुने क्रममा छ ।

कृष्णप्रसाद सिटौला विभाग गठन गर्ने पक्षमा नै हुनुहुन्छ । उहाँले भन्नुभएको छ शेरबहादुर देउवालाई–तपाई म साथ दिन्छु भनेर ।

विभाग गठन गर्ने भन्ने कुरामा सहमत र असहमत दुवै छैन भन्ने उहाँको लाइन हो । अहिले अधिवेशनको समयमा विभाग गठन गर्दाखेरि नकारात्मक सन्देश जाला । अधिवेशनलाई विवादमा पार्ने किसिमको शंको घेरा हुनसक्छ । शुशील कोइरालाको बेलादेखि पनि भागबण्डाको राजनीति अगाडि बढ्यो । भागबण्डाहरू खोजेर शुशील दाइले धेरै कामहरू अड्काएका थिए । अहिले त्यही रोग रामचन्द्र पौडेलले समात्नुभएको छ । अधिवेशनमा जो जित्यो, उसलाई निर्बाध रूपमा काम गर्न दिनुपर्छ । त्यो डेमोक्रेसी, प्रजातन्त्र हो । लोकतन्त्र पद्धति पार्टीमा त्यति हाबी भएन । भागबण्डाको राजनीति हाबी भयो । भागबण्डा भनेको लोकतन्त्र पद्धतिको विपरीत कुरा हो । त्यसले गर्दा पार्टी कमजोर भएको अवस्था हामी सबैले महशुस गरेका छौँ । उहाँहरूले यो भागबण्डाको राजनीति अन्त्यको घोषणा गर्नुपर्छ । यसले कमजोर बाहेक पार्टीलाई कही पनि पु¥याउँदैन । मेरो मान्यता के छ भने भागबण्डाको राजनीति अन्त्य हुनुपर्छ । जो जिता वही शिकन्दर, डेमोक्रेसीमा । त्यो पो हुनुपर्छ अनि हारेपछि भागबण्डा ?

यसपटक ३ जना नेताको पार्टी सभापतिको लागि प्रतिस्पर्धा हुँदैछ ? शशांक कोइराला, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको बीचमा, के यो सही हो ? सभापतिमा आफू नउठेर देउवाले विमलेन्द्रलाई निधिलाई अगाडि बढाउन पनि सक्नुहुन्छ नि ?

विमलेन्द्र निधि आफै उठ्न सक्नुहुन्छ नि । जसलाई पनि अधिकार छ, पार्टी सभापतिमा उठ्ने अधिकार छ । सबै नेता–पुत्रहरू पनि लागिरहेका छन् । प्रकाशमान, गणेशशमानजीको पुत्र, हाम्रो शशांक कोइराला वी.पी. कोइरालाको पुत्र हुनुहुन्छ ।

३ जना नेताहरूको सुपुत्रहरूलाई उम्मेदवार बनाउँदा के होला ?

पार्टीमा छलफल हुनुप¥यो । सबैको सहमति हुनुप¥यो । सहमत हुने अवस्था अधिवेशनमा देखिँदैन । किनभने पार्टी सभापति पनि त्यही हिसाबमा लाग्नुभएको छ । रामचन्द्र दाइ पनि उठ्छु भनेर लाग्नुभएको छ । विमलेन्द्र जीको त्यति बाहिर आएको छैन, म उठ्छु भन्ने कुरामा । उहाँको आन्तरिक कुरा भइरहेको होला । प्रकाशमान र शंशाकजीको कुरा आएको छ । उहाँहरूको छलफलको क्रम पनि बढेकै छ तर विमलेन्द्रमा अहिलेसम्म सुन्नमा आएको छैन । उहाँ शेरबहादुर जीको कमिटिको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो कामहरू गरिराख्नु भएको छ । वैचारिक रूपमा पार्टी फुटिसकेपछि २ ओटा पक्ष देखिएको हो । एउटा शेरबहादुर देउवा र अर्को पुराना संस्थापन शुशील कोइराला र गिरीजाप्रसाद कोइरालाको पुरानो गुट छ । सबै आफ्नो कुरामा टाँसिएको अवस्था छ । त्यो नहुनु पर्ने हो । भागबण्डाको राजनीतिले गर्दाखेरि कांग्रेसका समर्थक पनि चिन्तित छन् । कांग्रेसप्रति शुभेच्छा राख्ने साथीहरू पनि चिन्ता लिइरहेको गाउँदेखि शहरसम्म जो कांग्रेसलाई मत दिएकाहरू पनि चिन्तामा छन् । त्यसकारण पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ भएको अवस्था छैन । त्यो सुदृढीकरण विस्तारै होला । अहिले आन्तरिक लोकतन्त्रलाई अधिवेशनले सुदृढ गर्छ । तर हारेपछि प्रतिशत माग्ने ? मैले त भनेको छु, जसले जति भोट ल्याउँछ, त्यसमा समानुपात ल्याऔँ । विधानमा हुनुप¥यो नि भागबण्डाको बारेमा । गएको चुनावमा रामचन्द्र पौडेलले ३४/३५ प्रतिशत भोट ल्याउनुभएको छ । शेरबहादुर देउवाले ६२ प्रतिशत भोट ल्याउनुभएको छ भने त्यही आधारमा भागबण्डा गरे हुन्छ । त्यो कही हुन्छ लोकतन्त्रमा ? हारेपछि भागबण्डा ? त्यसैले सबैभन्दा खराब काम भागबण्डा भइरहेको छ, पार्टीभित्र । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार