श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काँग्रेसका तीन नेतालाई सात प्रदेशको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी दिइएको छ । सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको हो ।

बागमती र गण्डकीका लागि गुरुङ, मधेश र लुम्बिनी रसाइली तथा कोशी कर्णाली र सुदूरपश्चिमका लागि चौधरीलाई खटाइएको छ । जिम्मेवारी पाएका नेताले सदस्यता वितरणको समस्या पहिल्याउने छन् ।

नयाँ र नवीकरणको फर्म उपल्लो तहले तल नपाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने गरी छलफल भएको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए । जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरू तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको भेटिएको अवस्था केन्द्रले हस्तक्षेप गर्ने रसाइलीले बताए । पार्टीभित्रको गुटका कारणले सदस्यता वितरण र नवीकरण रोकिएको भए केन्द्रले नै सिधै तल पठाउने नीति लिने रसाइलीले जानकारी गराए ।

महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनेको छ । कात्तिकमा गठन भएको समितिको यस विचमा दुई पटक बैठक बसेको छ । समितिले क्रियाशील सदस्यताको विवाद र समस्या मुख्य गरी मधेसमा रहेको जनाएको छ ।

काँग्रेसको विधान अनुसार महाधिवेशन हुने वर्ष नयाँ सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ । १४ औँ महाधिवेशनमा काँग्रेसका आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार