श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पार्टी एकतावद्ध भएर जानुको बिकल्प : छैन सिटौला

कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगाएतका समस्या समाधान गर्न सक्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका छन्।

नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको बिकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका हुन्।

कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगाएतका समस्या समाधान गर्न सक्ने उनले बताए। सिटौलाले व्यक्तिगत नभइ जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आवद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए।

गएको निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गरेपनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए। उनले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार