भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

काँग्रेसका पूर्वमन्त्रीद्वय जोशी, ओझा तथा डडेलधुरा सचिव राम बहादुर विष्ट पार्टीबाट निष्कासित (पूर्णविवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्रीद्वय गोविन्दराज जोशी र पुष्कर नाथ ओझालाई ५/५ वर्ष र राम बहादुर विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो/भिडियो पार्टी विधानविपरीत रहेको तथा अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको संयोजक भिष्मराज आङदेम्वे सहितको ५ जना सदस्यद्धारा हस्ताक्षरित शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीले गत प्रतिनिधि सभाको निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेल विरुद्ध वागी उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो । त्यस्तै ओझाले काँग्रेस सभापति शेरबहादुर देउवा पत्‍नी आरजु देउवालाई चुनाव हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

ओझालाई कारबाही गर्न सभापति शेर बहादुर देउवा र जोशीलाई कारबाही गर्न बरिष्ट नेता रामचन्द्र पौडेल लागेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार