काठमाडौंः नेकपा एमालेले सरकारको काम कारवाहीलाई अझ प्रभावकारी र गतिशील बनाउन आग्रह गरेको छ ।
पार्टी सचिवालयको आज बसेको बैठकमा सरकारको कामको समीक्षा गर्दै अझ जनतामा आशा र भरोसा जगाउने काम गर्न सरकारलाई आग्रह गरिएको पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी, पार्टीमा अनुशासनहीन गतिविधि गरेबापत भीम रावललाई पार्टीबाट निष्कासन गरिएको भन्दै निष्कासित नेता रावलले नेतृत्वमाथि लगाएको आरोप कुनै टिप्पणी गर्न लायक नभएको पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।
बैठकले पुस २१ र २२ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाहरू पनि तय गरेको उहाँले जानकारी दिनु भयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया