काठमाण्डाैंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धनकुटाका नेता सुनिलबहादुर थापाले राजिनामा दिए लगतै राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङ राप्रपा प्रवेश गर्ने तयारीमा रहेका छन् ।
केहि केन्द्रिय सदस्य लगायत आफुलाई केन्द्रिय पदाधिकारी तथा आगामी चुनावमा धनकुटाबाट प्रतिनिधि सभा सदस्यको टिकट बार्गेनिङ गरिरहेका तामाङ राप्रपा प्रवेश गर्न यतिबेला राप्रपाका केन्द्रिय नेताहरुसँग लविङ गरिरहेका छन् । राजनितिमा एक जनाको अन्त्यसँगै अर्कोको उदय हुनु स्वभाविक कुरा हो ।
कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजनीतिक यात्रा सुरु गरेका तामाङले ३ वर्ष अगाडी पशुपति शमशेर नेतृत्वको राप्रपासँग पार्टी एकता भएपछि धनकुटामा थापा खानदानको गुलामी नस्विकार्ने भन्दै पार्टीबाट राजिनामा दिई आफ्नै नेतृत्वमा राप्रपा लोकतान्त्रिक गठन गरेका थिए ।
सिन्धुपाल्चोक, धादिङ र मकवानपुरलाई आधार बनाएर आगामी चुनाबमा उम्मेद्धवारीमा उठ्ने आन्तरिक तयारी गरिरहेका तामाङको राप्रपाबाट पुर्व मन्त्री थापा बाहिरिए सँगै अब आफ्नै गृह जिल्ला धनकुटाबाट राजनितिक बाटो खुल्ला भएको छ ।
धनकुटामा यति बेला राजनीतिक जोडघटाउ तिब्र बनेका बेला त्यहाँका केन्द्रिय तहमा बार्गेनिङ गर्ने सुनाैलो माैका यही हो भन्दै उनी लागेको राप्रपा लोकतान्त्रिकका एक नेताले बताए ।
पुर्व प्रधानमन्त्री स्वर्गीय सुर्य बहादुर थापाका सुपुत्र समेत रहेका सुनिल थापाले आफ्नो बुबाले स्थापना गरेको पार्टी छोडेर गएको भनि धनकुटाबासीहरुले आक्रोशित हुदै सुनिल थापाले धनकुटेली जनताको भावनामा चोट पुर्याएको भनि दुःख व्यक्त समेत गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया