काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापासहितका नेताहरु मंगलबार नेपाल काँग्रेस प्रवेश गर्ने भएका छन् । काँग्रेसमा प्रवेश गर्ने ४२ जनाको नाम काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा उपलब्ध भइसकेको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल थापासहितका नेताहरुले काँग्रेस मुख्यालय सानेपामा मंगलबार दिउँसो ३ बजे काँग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जसमध्ये २१ जना मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्नेछन् भने बाँकी २१ जना नेता तथा कार्यकर्ता सम्बन्धित जिल्लाबाट कांग्रेस प्रवेश गर्नेछन् ।
सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले थापासहितका नेताहरुलाई पार्टी प्रवेश गराउने छन् । थापाले काँग्रेस सहमहामन्त्रीको जिम्मेवारी पाउने छन् अन्य पाँच नेताले काँग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् ।
केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा विष्णुविक्रम थापा, बृजलाल यादव, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई र किरण गिरी रहेका छन् । त्यस्तै दुई जनाले आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् भने अन्य नेताहरूले विभाग, महासमिति सदस्यसहित विभिन्न तहको जिम्मेवारी पाउने छन् ।
काँग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले तीन दिन अघिमात्र राप्रपा परित्याग गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया