असार ३०, २०८२ सोमबार July 14, 2025

संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा कांग्रेसका नेता गच्छदारको जोड

संयुक्त सरकार गठनको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व र संविधान संशोधन भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १ गते। पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।

थारु राष्ट्रिय माघी महोत्सव–२०८१ तथा थारु संवत् २६४८ को अवसरमा मङ्गलबार काठमाडौँको टुँडिखेलमा आयोजित सांस्कृतिक कार्यक्रमलाई शुभकामना व्यक्त गर्नुहुँदै नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार गठनको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व र संविधान संशोधन भएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो।

गच्छदारले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधनको कुरा गर्दै आएका छन्। राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको हो । थारु जातिले बुझ्नुपर्छ, यो देशमा राई, गुरुङ, नेवार सबै आदिवासी जनजातिले बुझ्नुपर्छ कि, तपाईंको पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन र पहिचान स्थापित गर्छ भने मेचीदेखि महाकालीसम्मको थारुले एकै आवाजमा सहयोग गर्छ।”

उहाँले विगतमा आफू सञ्चारमन्त्री हुँदा २०५० सालमा रेडियो नेपालबाट थारु भाषासहित राई, लिम्बु, भोजपुरी, अवधि लगायत विभिन्न ११ वटा भाषामा समाचार प्रसारण हुने व्यवस्था मिलाएको भन्नुहुँदै थारु समुदायका शिक्षित युवाले यो कुरा बुझ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले थारु कल्याणकारिणी सभा पूर्खाले स्थापना गरेको संस्था भएकोले यी संस्थाले माघी एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो। यस्तै थारु आयोगका अध्यक्ष सुवोधसिंह थारुले पूर्वदेखि पश्चिमका थारु बस्तीमा परापूर्वकालदेखि माघी पर्व मनाइदै आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “माघी मनाउनुको अर्थ थारु समुदायको आफ्नै संस्कृति, परम्परा संरक्षण तथा सम्वर्द्धन गरी मनाउँदै आएका हौँ। विसंगतीलाई छोड्दै जानुपर्छ। भोलिका सन्ततिलाई यो संस्कृति हस्तान्तरण गर्न सकौं। संस्कृति बचाउनुपर्छ, अधिकार पनि स्थापित गर्नुपर्छ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुणकुमार चौधरीले थारु समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो।

थारु कल्याणकारिणी सभा केन्द्रीय समितिका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरीले मुलुक परिवर्तनका विभिन्न आन्दोलनमा थारु समुदायले योगदान गरे पनि उनीहरुको माग अझै सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो। फेरि पनि संविधान संशोधनको आवाज उठेका बेला थारु समुदाय एकजुट हुनुपर्ने उहाँको भनाइ छ।

संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले थारु समुदायको समस्यासँगै समाधानका कुराहरु पनि उठिरहेको भन्नुहुँदै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो।

कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, थारु पत्रकार सङ्घका उपाध्यक्ष सहदेव चौधरी, थारु महिला सभाका केन्द्रीय अध्यक्ष भगवती चौधरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम तमू, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न जिल्लाका थारु समुदायको मौलिक एवम् सांस्कृतिक नाच तथा झाँकी प्रस्तुत गरिएको थियो। सपना थामी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार