असार २९, २०८२ आइतबार July 13, 2025

मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियत होइन : योगेश भट्टराई

उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभई नियत खराबका साथ गरिएको देखिएको बताए । उनले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताए ।

उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । उनले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताए । उनले व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्विकार्न नसकिने बताए । उनले ३५८ रुपैयाँ र ४५८ बाट करिब साढे ७ सय र ८ सय पुगेको देखिएको बताए ।

उनले विद्युतको मूल्य बढ्दा, ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्दा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुनसक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियतले नभएको बताए ।

उनले भने ‘हाम्रो नेपालमा अब ठेक्कापट्टा लाग्ने अलिकति निर्माणको काम सुरु हुने मौसम हो। अत्यधिक र सँगसँगै हामीले उत्पादन गरेको वस्तुले नेपालको थप अरु औद्योगिक वातावरणमा व्यावसायिक वातावरणमा कति मद्दत पुगेको छ । व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला पनि यही हो चिन्ताजनक कुरा हो यो स्विकार्न सकिने छैन के थियो उत्पादन र स्वदेशी बजारको सुरक्षा त्यसैले राज्यको भुमिका कहाँनेर हुन्छ भन्नेकुरा बुझ्नुपर्छ ।

उद्योगीहरूले नाफा लिने हो त्यो भन्दा माथि जाने कुरा चाहिँ राम्रो होइन भन्ने मलाई लाग्छ र अहिले जुन मूल्यवृद्धि भएको छ । त्यो मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै रु जसमा ३५८ रुपैयाँ र ४५८ बाट करिब साढे ७ सय र ८ सय पुग्ने भनेको देखिन्छ । त्यस्तै अब विद्युतको मूल्य बढेको छ कि ढुवानीको मूल्य बढेको छ कि श्रमको मूल्य बढ्या छ कि त्यसो हो भने वस्तुको मूल्य बढ्नसक्छ आजको हाम्रो जस्तो अर्थतन्त्रमा त्यो अ ठिकै कुरा हो भन्ने लाग्छ । त्यसो भएको हुनाले चाहिँ स्वाभाविक मान्न सकिँदैन र यसलाई तपाईँहरूले पुनर्विचार गर्नै पर्छ। उद्योग व्यवसाय साथीहरूले पुनर्विचार गर्नैपर्छ ।’

उनले नेपालको आफ्नै कच्चा पदार्थमा मूलतः नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताए । उनले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली हवाई आक्रमण : ४० भन्दा बढीको मृत्यु
२०८२ असार २९, आइतबार
छाउगोठ नभत्काए १० हजार जरिवाना
२०८२ असार २९, आइतबार
गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ
२०८२ असार २९, आइतबार
विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिने महासचिव पोखरेलको दाबी
२०८२ असार २९, आइतबार
सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न परिपत्र
२०८२ असार २९, आइतबार
छात्रालाई जिस्क्याएको आरोपमा शिक्षकमाथि कुटपिट, विद्यालयमा तोडफोड
२०८२ असार २९, आइतबार
रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
२०८२ असार २९, आइतबार