भाद्र १३, २०८३ शनिबार August 29, 2026

‘इनअफ इज इनअफ’को सत्याग्रहलाई ‘मातृभूमिका लागि नेपाली’को ऐक्यबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ‘इनअफ इज इनअफ’द्वारा वसन्तपुर (काठमाडौं)मा गरिएको सत्याग्रहलाई मातृभूमिका लागि नेपाली संगठनले समर्थन र ऐक्यबद्धता जनाएको छ ।

मातृभूमिका लागि नेपालीको काठमाडौं जिल्ला संयोजक जुलुमरत्न डंगोलको नेतृत्वमा गएको टोलीले मंगलबार (१३ साउन) सत्याग्रह स्थल वसन्तपुर पुगेर ऐक्यबद्धता जनाएको हो । सत्याग्रह स्थलमा पुगेका मातृभूमिका लागि नेपाली संगठनका युवा संयोजक रमेश श्रेष्ठले सरकारले सत्याग्रहीको मागलाई तत्काल बार्ताको माध्यमद्धारा सम्बोधन गरी अक्षरशः पालन गर्नु पर्ने बताए ।

त्यस्तै अर्का केन्द्रिय सदस्य दिपकसिंह महर्जनले कोभिड–१९ मा खर्च भएको रकम सरकारले पारदर्शी ढंगले आम नागरिकसमक्ष प्रस्तुत गर्नुपर्ने माग जायज भएको, यो रकमको वास्तविक हिसाबकिताब राख्नु र देखाउनु सरकारको नैतिक एवम् नागरिकप्रतिको दायित्व भएको बताउनुभयो ।

काठमाडौ जिल्ला सह–संयोजक जुना लामाले कोरोना टेष्टको दायरा बढाउन र हिसाबकिताबसमेत पारदर्शी रूपले देउ भन्ने जस्ता सानो तर महत्वपूर्ण मागलाई पनि सरकारले सम्बोधन गर्न नसक्नु लज्जास्पद भएको र यसका लागि सत्याग्रहसमेत गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैमा विडम्बनापूर्ण भएको बताउनुभयो । वहाँले अनसनमा बसेका युवाहरूको ज्यानसँग खेलबाड नगर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

मातृभूमिका लागि नेपालीले सरकारलाई तत्काल वार्ताका माध्यमबाट समस्याको समाधान गरी सत्यग्रहमा संलग्नहरूको जीवन रक्षाका लागि गम्भीर बन्न अपिल गरेको छ ।

संगठनको तर्फबाट ऐक्यबद्धता जनाउनेहरूमा केन्द्रीय सचिव एवं प्रवक्ता सनत आचार्य, काठमाडौं संयोजक जुलुमरत्न डंगोल, युवा विभाग प्रमुख रमेश श्रेष्ठ, केन्द्रीय सदस्य दिपकसिंह महर्जन, काठमाडौं सह–संयोजक जुना लामा, सदस्यहरू सविना नगरकोटी, दीपक विष्ट, नरेश प्रधानलगायत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
२०८३ भाद्र १३, शनिबार
त्रिवि र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार
रसुवाको त्रिशूली थ्रीए र तुप्चे टावरबाट टेलिकम सेवा पुनः सञ्चालन
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीः सरकारलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसको नौ बुँदे ध्यानाकर्षण
२०८३ भाद्र १३, शनिबार
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १३, शनिबार