श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘इनअफ इज इनअफ’को सत्याग्रहलाई ‘मातृभूमिका लागि नेपाली’को ऐक्यबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ‘इनअफ इज इनअफ’द्वारा वसन्तपुर (काठमाडौं)मा गरिएको सत्याग्रहलाई मातृभूमिका लागि नेपाली संगठनले समर्थन र ऐक्यबद्धता जनाएको छ ।

मातृभूमिका लागि नेपालीको काठमाडौं जिल्ला संयोजक जुलुमरत्न डंगोलको नेतृत्वमा गएको टोलीले मंगलबार (१३ साउन) सत्याग्रह स्थल वसन्तपुर पुगेर ऐक्यबद्धता जनाएको हो । सत्याग्रह स्थलमा पुगेका मातृभूमिका लागि नेपाली संगठनका युवा संयोजक रमेश श्रेष्ठले सरकारले सत्याग्रहीको मागलाई तत्काल बार्ताको माध्यमद्धारा सम्बोधन गरी अक्षरशः पालन गर्नु पर्ने बताए ।

त्यस्तै अर्का केन्द्रिय सदस्य दिपकसिंह महर्जनले कोभिड–१९ मा खर्च भएको रकम सरकारले पारदर्शी ढंगले आम नागरिकसमक्ष प्रस्तुत गर्नुपर्ने माग जायज भएको, यो रकमको वास्तविक हिसाबकिताब राख्नु र देखाउनु सरकारको नैतिक एवम् नागरिकप्रतिको दायित्व भएको बताउनुभयो ।

काठमाडौ जिल्ला सह–संयोजक जुना लामाले कोरोना टेष्टको दायरा बढाउन र हिसाबकिताबसमेत पारदर्शी रूपले देउ भन्ने जस्ता सानो तर महत्वपूर्ण मागलाई पनि सरकारले सम्बोधन गर्न नसक्नु लज्जास्पद भएको र यसका लागि सत्याग्रहसमेत गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैमा विडम्बनापूर्ण भएको बताउनुभयो । वहाँले अनसनमा बसेका युवाहरूको ज्यानसँग खेलबाड नगर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

मातृभूमिका लागि नेपालीले सरकारलाई तत्काल वार्ताका माध्यमबाट समस्याको समाधान गरी सत्यग्रहमा संलग्नहरूको जीवन रक्षाका लागि गम्भीर बन्न अपिल गरेको छ ।

संगठनको तर्फबाट ऐक्यबद्धता जनाउनेहरूमा केन्द्रीय सचिव एवं प्रवक्ता सनत आचार्य, काठमाडौं संयोजक जुलुमरत्न डंगोल, युवा विभाग प्रमुख रमेश श्रेष्ठ, केन्द्रीय सदस्य दिपकसिंह महर्जन, काठमाडौं सह–संयोजक जुना लामा, सदस्यहरू सविना नगरकोटी, दीपक विष्ट, नरेश प्रधानलगायत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार