असार २९, २०८२ आइतबार July 13, 2025

दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको सिक राउतको दाबी

‘मधेस केन्द्रित दलहरु मात्रै होइन, ति दुई दलहरु बाहेक अरु सबै दलहरु मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘जुन किसिको ऐनहरु अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ,’ उनले भने, ‘मधेस केन्द्रित दलहरु मात्रै होइन, ति दुई दलहरु बाहेक अरु सबै दलहरु मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

उनले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताएका छन् ।

उनले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताउए ।

उनले दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए । ‘मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दलहरु आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन’ उनले भने ।

अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
२०८२ असार २९, आइतबार
विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरे : अध्यक्ष ओली
२०८२ असार २९, आइतबार
रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड
२०८२ असार २९, आइतबार
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
नेप्से परिसूचकमा ३१ अङ्कको सुधार
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार