असार २९, २०८२ आइतबार July 13, 2025

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त

रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले एक विज्ञप्ति जारी गरेर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपन्थी आन्दोलनका संस्थापक नेता कमरेड रामजीप्रसाद शर्माको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा अचानक दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभयो ।

“रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता हो । उहाँले आफू वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आउनुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आउनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माले), (एमाले), नेकपा र (एकीकृत समाजवादी) पार्टी निर्माणमा निरन्तर योगदान गर्दै आउनुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

शोकको घडीमा दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सम्पूर्ण शोकाकूल परिवारजन तथा आफन्तमा समवेदना प्रकट गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार