काठमाडौं । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट काठमाडौंको धुम्बाराहीस्थित एक होटेलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिकाबारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरुसँगको सहकार्य लगायतका विषयमा छलफल हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया