काठमाडौँ। नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघले जिल्ला तहसम्मको महाधिवेशन तालिका सार्वजनिक गरेको छ ।
वडा अधिवेशन २१ माघ, गाउँपालिका/नगरपालिका उपमहानगर महानगरको अधिवेशन २५ माघमा गर्ने महासंघको केन्द्रीय समितिले निर्णय गरेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र ३० माघ र प्रतिनिधि सभा क्षेत्रमा ३ फागुन र जिल्ला अधिवेशन ७ फागुनमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लागेको छैन । पार्टीले यही वर्षभित्र महाधिवेशन गर्न सक्न भातृ संस्थाहरूलाई निर्देशन दिएको छ । किसान संघको हालसम्म पहिलो महाधिवेशन सम्म भएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया