श्रावण १, २०८२ बिहिबार July 17, 2025

विभाग गठनप्रति असन्तुष्ट जनाँउदै वरिष्ठ नेता, महामन्त्री र कोषाध्यक्षद्वारा निर्वाचन समितिमा लिखित उजूरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी काँग्रेसभित्र महाधिवेशनको प्रक्रिया भएसँगै असन्तुष्टिहरु देखा पर्न थालेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट केन्द्रीय सदस्यको बुधबारको भेलाले विभागलाई पूर्णता दिने काम रोक्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। ‘सुरुमा सभापतिज्यूलाई लिखित ध्यानाकर्षण गराउँछौं, त्यसको सम्बोधन नभए लिखित पत्र बुझाउने निर्णय भएको छ,’ पौडेलनिकट केन्द्रीय सदस्य कल्याण गुरुङले भने।

सभापति देउवाले करिव २० विभाग गठन गरेका थिए। फाल्गुन १९ गते चार वर्षे औपचारिक कार्यकाल सकिन केही दिन अघि देउवाले विभाग संयोजक मात्रको जिम्मेवारी दिएका थिए। विभाग गठनप्रति सुरुदेखि नै पौडेल समूह असन्तुष्ट थियो। तर पछिल्लो समय देउवाले विभाग विस्तारलाई तीब्रता दिएपछि उनीहरु थप चिढिएका हुन्। देउवाले महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रिय रहेको पौडेल समूहको आरोप छ।

केही समय अघि मात्रै वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले काँग्रेसको केन्द्रीय निर्वाचन समितिमा लिखित उजूरी नै दिएका थिए। उनीहरुले महाधिवेशनको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भएपनि पार्टी सभापतिले कार्यकालको अन्तिममा विभाग गठन गरेको भन्दै उजूरी गरेका थिए।

कांग्रेस विधानमा २८ विभाग रहेपनि सभापति देउवाले केन्द्रीय समिति बैठकमा बहुमतबाट ४७ विभाग पुर्‍याएका थिए। देउवाले विभागलाई पूर्णता दिन नाम संकलन गर्न निकट नेताहरुलाई जिम्मेवारी दिएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार