भाद्र १३, २०८३ शनिबार August 29, 2026

यातायात कार्यालयमा दलालको बिगबिगीः नक्कली भौचर बनाएर यसरी गरियो ठगी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा दलालीको काम गर्दै आएकाले नक्कली बैंक भौचर बनाएर ठगी गरिरहेको घटना सार्वजनिक भएको छ। यसरी ठगी धन्दा चलाउनेहरुमा विराटनगर महानगरपालिका ४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम रहेका छन्।

प्रहरीका अनुसार उनीहरु नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा केही समयदेखि उक्त कार्यालयमा दलालीको काम गर्दै आएका युवाहरु हुन्।

आर्थिक वर्ष २०७६र०७७ को सवारी साधनको कर तिर्ने क्रममा नक्कली भौचर बनाएर काम गराएको पाइएको भन्दै उनीहरुविरुद्ध यातायात व्यवस्था कार्यालयले प्रहरीमा जाहेरी दिएको छ। दुवै जनालाई पक्राउ गरेर ठगी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये ठगी धन्दामा विशेष गरेर चौधरीको संलग्नता देखिएको छ’ उनले भने ‘तर यातायात कार्यालयले किटानी जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ।’ चौधरीले आफूले मात्रै यातायात कार्यालयमा नक्कली भौचर बनाएर एक लाख ५० हजार रुपैयाँ भन्दा बढी ठगी गरिसकेको बताएको प्रहरीका एक अधिकारीले जानकारी दिए।

आर्थिक कारोबार आफै नगर्ने कार्यालयले नयाँ सवारी साधन पास गर्दा र सवारीको कर तिर्दा प्रभु बैंकमार्फत कारोबार गर्ने गरेको छ। पास गर्दा र कर तिर्दा लाग्ने शुल्क बैंकमा बुझाएको भौचर सवारी धनीले पेश गरिसकेपछि यातायातले त्यही भौचरका आधारमा कार्य सम्पादन गर्ने गरेको छ। तर दलालीको काम गर्नेहरुले चाँडो काम सक्न सहयोग गर्नेलगायतका बहानामा सवारी धनीसँग निश्चित पैसा लिँदै बैंक भौचर भर्नेदेखि लिएर यातायातसँग सम्बन्धित अरु काम गरिदिने गरेका छन्।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका अधिकृत नवराज गिरीले रकमको हिसाब नमिलेपछि खोजी थाल्दा दलालको ठगी धन्दा पत्ता लागेको बताए। उनकाअनुसार एउटा मिनी ट्रकको कर तिर्ने क्रममा पक्राउ परेका मध्ये चौधरीले ठगी गरेको खुलेको छ। त्यही क्रममा बैंक कर्मचारीसँग मिल्ने अक्षर भौचरमा भरेर ठगी गर्ने गरेको पाइएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवाको त्रिशूली थ्रीए र तुप्चे टावरबाट टेलिकम सेवा पुनः सञ्चालन
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीः सरकारलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसको नौ बुँदे ध्यानाकर्षण
२०८३ भाद्र १३, शनिबार
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १३, शनिबार
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार