असार २९, २०८२ आइतबार July 13, 2025

संसदीय गणतन्त्र माओवादीको कार्यदिशा होइन : नारायणकाजी श्रेष्ठ

समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।

माओवादी केन्द्रको भ्रातृ संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो जिल्ला सम्मेलनमा उनले ‘पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो, बताए।

उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु रहेको बताउँदै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट पारे।

‘विदेशी भूमिमा श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ,’ श्रेष्ठले भने।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार