असार २९, २०८२ आइतबार July 13, 2025

राप्रपाले आगामी फागुन र चैत महिनाभर विरोध प्रदर्शन गर्ने (विज्ञप्ती सहित)

२०८१ लाई पार्टी प्रवेश वर्ष र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन र चैत महिनाभर विरोध प्रदर्शन र जागरणसभा गर्ने निर्णय गरेको छ ।

काठमाण्डौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुनमा प्रदेश र जिल्ला तहमा तथा चैतमा काठमाण्डौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सुनाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाण्डौं केन्द्रित कार्यक्रमको स्वरूप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्ने बताए । पार्टीको सदस्यता वितरण अभियानलाई तीव्रता दिने, २०८१ लाई पार्टी प्रवेश वर्ष र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रूपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरेको उनले बताए । समान विचार भएका व्यक्ति, समूह र दलसँग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय समेत गरिएको छ ।

राप्रपाले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूको राहदानी, भिसा नवीकरण लगायतका समस्याको सहज समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ निर्णयहरुको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार