असार २५, २०८२ बुधबार July 9, 2025

उपत्यका प्रवेश गर्ने नाकामा गृह प्रसासनको थप कडाइ, रातको समयमा १२ घण्टा नो ईन्ट्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानी काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको जनाएको छ । गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै काठमाण्डौं उपत्यका प्रवेश गर्ने नाकामा  हरेक दिन साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावतमा रोक लगाएको छ ।

काठमाडौं उपत्यका प्रवेश गरेकामा कोरोनाभाइरसको संक्रमण देखिएपछि गृह मन्त्रालयले नाकामा थप कडाई गरेको हो । अत्याआवश्यक सेवा र ढुवानीका साधन बाहेक अब साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावत गर्न नपाइने भएको हो । सुचनामा काठमाडौं उपत्यका प्रवेश नाकामा कोरोना संक्रमण चेकजाँचमा पनि कडाइ गर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तो छ गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया