असार २९, २०८२ आइतबार July 13, 2025

संसद्‍मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादी केन्द्रको निर्णय

अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद‍्मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘अध्यादेश अस्वीकार गर्ने सूचना दिनेछौं। नियमावली अनुसार सूचना दर्ता गर्छौं,’ उनले भने। अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको उनको भनाइ छ।

छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने सरकारको अभिव्यक्ति जनतालाई भ्रममा राख्नका लागि मात्र भएको आफूहरूको निष्कर्ष रहेको उनले प्रस्ट पारे।

सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे पनि माओवादीले बैठकमा छलफल गरेको छ। ‘सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सजायबारे छलफल भएको छ। अहिले राष्ट्रियसभामा भएकोले हामी त्यसलाई केल्याएर निर्णय गर्नेछौं,’ उनले भने। उनले माओवादी सदनमा सशक्त ढंगले प्रस्तुत हुने बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार