काठमाण्डाैंः नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । २ सय २४ जना नयाँ थपिएसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १५१ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार ३ सय ९९ जना निको भएको प्राडा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन् । त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया