असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर घर फर्कनेको संख्या १४ हजार ४ सय ९२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा शनिवार थप ३ सय १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

थप कोरोना संक्रमित झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९,  कञ्चनपुरका ९ जना, काठमाडौँका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ र भक्तपुरका १ जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । यस्तै आज थप ९३ जनाले कोरोनाभाइरसलाई जितेर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया