असार २९, २०८२ आइतबार July 13, 2025

सत्तायात्रामा उपेन्द्रको दौडधुप : काँग्रेस सभापति देउवासँग वान टु वान छलफल

अध्यादेशमा यादव नेतृत्वको जसपा नेपाललाई मनाउने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २३ माघ । सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच आज (बुधबार) साँझ देउवा निवास बूढानीलकण्ठमा भेट भएको हो।

‘कांग्रेस सभापति देउवाले अध्यादेशलगायतका विषयमा छलफल गर्न भनेर बोलाएपछि पार्टी अध्यक्ष यादव बूढानीलकण्ठ जानुभएको थियो,’ उपेन्द्रनिकट स्रोतले बतायो।

दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको छ। यादवलाई भोलि (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नका लागि बोलाएको पनि स्रोतले बतायो।

स्रोतले भन्यो, ‘बिहान प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने तय भएको छ। त्यहीअनुसार अध्यक्ष प्रधानमन्त्री ओलीलाई भेट्न जानुहुनेछ।’ ओलीसँग छलफल गरेलगत्तै यादवले पार्टीले अध्यादेश अध्ययनका लागि बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने र थप निर्णय संसदीय दलको बैठकले गर्ने जसपा नेताहरूको भनाइ छ। बिहीबार दिउँसो संसद् बैठक बस्दै छ। त्यसअघि अध्यादेशमा यादव नेतृत्वको दललाई मनाउन ओली देउवा कस्सिएका छन्।

संसद्मा अध्यादेशको विपक्षमा ५१ वटा सूचना दर्ता भएका छन्। यी सूचना सामूहिक रूपमा विपक्षमा रहेका दलका तर्फबाट एकजनाले अस्वीकृतिको प्रस्ताव पेस गर्नेछन्।

सरकारले ल्याएको अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अध्यादेश स्वीकृत भए संसद् सुरु भएको ६० दिनसम्म जीवित रहन्छ। तर अस्वीकृत भयो भने तत्कालै अध्यादेश निष्क्रिय हुनेछ।

माघ १८ बाट हिउँदे अधिवेशन सुरु भएको थियो। सरकारले अधिवेशनको मुखैमा ६ अध्यादेश ल्याएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार