काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य असिम शाहले संसद् सरकारको आदेशपालक बनेको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रवि लामिछानेको संसद् पद निलम्बन गर्न संसद् सरकारको आदेशपालक बनेको आरोप लगाएका हुन् ।
लामिछानेलाई अदालतले पुर्पक्षको लागि थुनामा पनि नपठाएको र सांसदलाई राष्ट्रसेवकको परिभाषामा राख्न नमिल्ने अवस्थामा सांसद पद निलम्बन गरिनु गैरकानुनी रहेको उनले बताए । संसद्लाई कुनै पनि दल, व्यक्ति विशेष र सत्ताधारीहरुको अखडा बनाउन नहुने उनको सुझाव छ ।
‘सार्वभौम संसद्पनि माननीय रवि लामिछानेको सांसद पद निलम्बन गर्न सरकारको आदेशपालक बन्नु खेदजनक छ । न त रवि लामिछानेलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ, न त अभियोग दाबी बमोजिम राष्ट्रसेवकको परिभाषामा उहाँलाई राख्न मिल्छ । यसरी कानुनको अपव्याख्या गरेर अराजनीतिक र बद्नियत शैलीमा रवि लामिछानेलाई संसद् पदबाट निलम्बन गर्नु गैरकानुनी कार्य रहेको छ । संसद् कुनै व्यक्ति विशेषको, सत्ताधारीको वा दल विशेषको निजी अखडा होईन । हामी सुसंस्कृत राजनीतिमा विश्वास गर्छौं । संसदीय मयर्दा ध्वस्त पार्ने काम बन्द गरियोस्, रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गरियोस्,’– उनले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया