असार २८, २०८२ शनिबार July 12, 2025

सभापति देउवाद्वारा डा.बुढाथोकीको निधनप्रति दुःख व्यक्त

बुढाथोकीको निधनबाट नेपाली काँग्रेसले एक बौद्धिक र शालीन व्यक्तित्वलाई गुमाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै यही माघ २३ गते निधन भएका डा.बुढाथोकीप्रति दुःख व्यक्त गरेका हुन् ।

जारी विज्ञप्तीमा उहाँले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट नेपाली काँग्रेसले एक बौद्धिक र शालीन व्यक्तित्वलाई गुमाएको काँग्रेसले जनाएको छ ।

सभापति देउवाले बुढाथोकीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया