असार २८, २०८२ शनिबार July 12, 2025

उपेन्द्र यादव नेतृत्वको जसपाले संगठन निर्माण अभियानलाई निरन्तरता दिने

भियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’लाई निरन्तरता दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

‘बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेको र उक्त अभियान उपलब्धिमूलक भएको पार्टीको निष्कर्ष छ । अभियानले पार्टीमा उर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेको भन्दै पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ,’ बस्नेतले भने ।

जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया