असार २८, २०८२ शनिबार July 12, 2025

नेकपा एकिकृत समाजबादी उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन आज

पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान १० बजे उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन शनिबार शुरु हुँदैछ ।

काठमाडौंको थापागाउँस्थित एक पार्टी प्यालेसमा हुने प्रथम अधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीका सचिव विष्णु लम्सालले जानकारी दिए। यस्तै एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन पनि शनिबार शुरु हुँदैछ । अधिवेशनको बिहान साढे ११ बजे पोखरा सभागृहमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेता सहभागी हुने पार्टीका पोलिटब्यूरो सदस्य शंकर पोखरेलले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया