असार २८, २०८२ शनिबार July 12, 2025

संसद् संवादको थलो हो, टकरावको होइन : सांसद रिजाल

जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए । संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको उनको भनाइ थियो ।

‘संसद संवादको थलो हो । टकरावको थलो होइन । संसद विधिको थलो हो जिद्दीको थलो होइन । संसद सज्जनको थलो हो अराजकको थलो होइन,’ सांसद रिजालले भने ।

जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताउँदै उनले संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरुलाई आग्रह गरे ।

‘जनताको जनप्रतिनिधिले जुन एउटा उचाईमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद् भनेको एउटा नियमनको थलो हो । तथानामको थलो होइन,’ उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया