असार २९, २०८२ आइतबार July 13, 2025

अध्यादेशबाट देश चलाउन हुन्न : नेता खनाल

‘दुई ठूला दलको बहुमत भए पनि नियमित रूपमा ऐन कानुन बनाउनुका साटो अध्यादेशको बाटो रोज्नु गलत छ, यसरी देश चलाउन हुन्न।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज (सप्तरी)। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले भने, ‘दुई ठूला दलको बहुमत भए पनि नियमित रूपमा ऐन कानुन बनाउनुका साटो अध्यादेशको बाटो रोज्नु गलत छ, यसरी देश चलाउन हुन्न।’

आगामी दिनमा बाम गठबन्धन हुनेरनहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया