असार २८, २०८२ शनिबार July 12, 2025

लोकतान्त्रिक समाजवादी पार्टीले भूमि अध्यादेशलाई समर्थन नगर्ने

अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले जारी गरेको भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भूमि अध्यादेश जनताको हितविपरीत भएको टिप्पणी गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो अवस्थामा लोसपा नेपालले अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको व्यहोरा अनुरोध छ ।’

अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको ठहर छ ।

यसअघि जसपा नेपालले पनि भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय लिइसकेको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया