श्रावण १, २०८२ बिहिबार July 17, 2025

काँग्रेस रुपन्देहीद्वारा स्थानीय तहका कार्यकर्तालाई प्रशिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली काँग्रेस जिल्ला संगठन विभाग रुपन्देहीले स्थानीय तह, बुथ तथा वडा सभापतिहरुको प्रशिक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रममा काँग्रेसका नगरसभापति,गाँउ समितिका सभापति तथा वडा सभापति गरी १ सय ६० जनाको सहभागीता रहेको जिल्ला संगठन बिभागका प्रमुख बासुदेव रिमालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएकोले नेपाली काँग्रेसले गाँउ तहबाटै त्यसका बिरुद्ध आवाज उठाइरहेको बताउनु भयो ।

देश र जनताको सर्वोपरी हितकालािग नेपाली काँग्रेसलाइ अझ शसक्त र क्रियासिल बनाएर अगाडी लैजाने अभियानमा लागेको सभापती रज्जाकले बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य इस्तियाक अहमद खाँन, पार्टीका उपसभापति फणिन्द्र शर्मा, सरीता चौधरी, सचिव रामकृष्ण खाँण,हरिप्रसाद काफ्ले,कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रीय सभापतिहरु क्षेत्र नंं २ का हरि लम्साल, एकका हिराबहादुर खत्री,३ का मातृका यादव लगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा केन्द्रिय नीति तथा अनुन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति,कार्यक्रम तथा संगठन र सदस्य बिस्तारका सम्बन्धमा प्रशिक्षण दिनु भयो ।

बिभागका उपप्रमुख बाबुराम भट्टराइको स्वागत र सचिव सुदर्शन नेपालको संचालमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार