काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार गरिएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।
प्रवक्ता प्राडा. गौतमका अनुसार नयाँ संक्रमित हुनेहरुमा सुनसरीका ५ , झापाका ५, मोरंगका ४६, सप्तरीका ५१, पर्साका ७१, काठमाडौँका ४३, सर्लाहीका २, भक्तपुरका ५ , धनुषाका ३०, महोत्तरीका ३१, सिरहाका ३, बाराका ४, कैलालीका ६७, कन्चनपुरका १६ जना रहेका छन् ।
त्यसैगरी रसुवाका १, रौतहटका २, ललितपुरका ३, चितवनका १, गुल्मीका १, दोलखाका १, कास्कीका ८, स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, बर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमपश्चिमका २ र अछामका ४ जना रहेका छन्।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २०,७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३५८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या१४,९६१ पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया