काठमाण्डौंः विश्व महामारी कोभिड- १९ कोरोनाको जोखिम नेपालमा पुनः एकाएक बढेसंगै फेरी लकडाउन गर्ने कि नगर्ने भन्ने बिषयमा विज्ञहरुसँग भएको परामर्शका आधारमा प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनस्वास्थ्यका बिज्ञहरु र सिसिएमसीका पदाधिकारी सहितको छलफलमा प्रधानमन्त्री ओलीले बिज्ञहरुको सुझाव नै कार्यान्वन गरिने बताएका हुन् । छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुको पनि उपस्थिति रहेको थियो ।
छलफलमा सहभागी २० जना विज्ञहरुले पुन: दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् । भने कतिपयले कडा कदम चाल्दै कर्फ्यु नै लगाउनु पर्ने सम्मका सुझाव प्रधानमन्त्री ओलीलाई दिएका थिए ।
त्यस्तै उक्त छलफलमा सहभागी भएका राजनीतिक दलका नेताहरुले पनि लकडाउन गरेर कोरोना नियन्त्रण गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
पछिल्लो समय राजधानी काठमाण्डौं लगायत देशका अधिकांश मुख्य शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेकाले विज्ञहरुका सुझावलाई महत्वपूर्ण रुपमा लिँदै कार्यान्वयनमा लैजाने निष्कर्ष निकालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
प्रधानमन्त्री निवाश बालुवाटारमा प्रधानमन्त्री ओलीले करिब चार घण्टा विज्ञहरसँग छलफल गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया