असार २८, २०८२ शनिबार July 12, 2025

पार्टीभित्रका कुनै पनि नेतालाई अन्याय हुन नदिने शेखर कोइरालाको प्रतिवद्धता

सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधानअनुसार अघि बढन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा रहेका कुनै पनि नेता तथा कार्यकर्तालाई अन्याय हुन नदिने बताएका छन् ।

कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।

नेता डा कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् । कसैलाई पनि अन्याया हुन मैले दिनेछैन् ।

उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधानअनुसार अघि बढन निर्देशनसमेत दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया