असार २८, २०८२ शनिबार July 12, 2025

वर्तमान सत्ता सहकार्य ०८४ सम्म जान्छ: काँग्रेस महामन्त्री थापा

प्रधानमन्त्री केपी ओलीले पनि सहमति कायम गरेरै अघि बढ्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको बताउनुभएको छ।

रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड धेरै चकचक गरेकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गर्नुभएको हो ।

काँग्रेस २०८४ सालसम्म यही सत्ता गठबन्धनमा अडिग रहने भन्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीले पनि सहमति कायम गरेरै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता थापाले अहिले बढेको निराशालाई सावाधान गर्न उच्चस्तरीय छानविन आयोग बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया