काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी रहेको हो।
बैठकले फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकको समीक्षा गर्ने बताइएको छ।
केन्द्रीय समिति बैठकमा सदस्यहरूले विधान, संगठनलगायतका विषयमा उठेका प्रश्नको व्यवस्थापन र पारित आन्दोलनका कार्ययोजनाअनुसार आन्दोलनको मोडालिटीबारे छलफल हुने उपमहासचिव रामकुमार भट्टराईले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया