असार २७, २०८२ शुक्रबार July 11, 2025

लोकतन्त्रमा सबै वर्गको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा

नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, फागुन २२ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनुभयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो । उहाँले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुले गर्नुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो,  ‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ ।

नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ ।’  सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली काँग्रेस पार्टी बलियो हुने जिकिर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
२०८२ असार २७, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य (सूची हेर्नुहोस्)
२०८२ असार २७, शुक्रबार
देशभर सात लाख ६० हजार २६० प्रमाणित कृषक
२०८२ असार २७, शुक्रबार
वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँः मन्त्री यादव
२०८२ असार २७, शुक्रबार
सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति
२०८२ असार २७, शुक्रबार
काठमाडौं महानगरको कार्यपालिका बैठक आज बस्दै
२०८२ असार २७, शुक्रबार
आजको मौसम पूर्वानुमान : देशैभरी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २७, शुक्रबार