काठमाण्डौः पछिल्लाे चौबिस घण्टामा देशभरका प्रयाेगशालामा गरिएकाे परीक्षणमा शुक्रबार थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामशाहपथ स्थित मन्त्रालयमा आयोजित गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले हालसम्म संक्रमित हुनेकाे संख्या २२ हजार दुई सय ४१ पुगेकाे जनाएकाे छ । मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।
यसैगरी कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ। प्रवक्ता डा. गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरका आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् । प्रवक्ता गौतमका अनुसार लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया