असार २६, २०८२ बिहिबार July 10, 2025

राप्रपाले बुझायो महानगरले गरेको १ लाख रुपैयाँ जरिवाना

सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले राप्रपा जरिवाना बुझाएको जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया