काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज अपरान्ह बस्ने भएको छ । सिंहदरवारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अपरान्ह चार बजे मोर्चाको बैठक बस्न लागेको हो ।
राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ फर्कने क्रममा हजारौँ समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
माओवादी नेताहरूले भने मोर्चाको बैठक आकस्मिक नभई नियमित भएको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया