काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् ।
आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर गएर होहल्ला गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गरिराखेको समेत बताए ।
राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको बताए । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा (एमाले) रहेको उनको भनाइ थियो ।
कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा आमसञ्चार चुकेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया